Rule 114A
नोकरी अवधि गणना सम्बन्धी कार्यविधि
(१) नियम ११४ बमोजिम नोकरी अवधि गणना गराउन चाहने वहालवाला शिक्षकले संवत् २०६९ चैत्र मसान्तभित्र र यो नियम प्रारम्भ भएपछि नियुक्त हुने शिक्षकले नियुक्ति पाएको मितिले एक वर्षभित्र शिक्षक किताबखानाबाट त्यस्तो नोकरी अवधि गणना गराउनु पर्नेछ । सो अवधिपछि त्यस्तो नोकरी अवधि गणना गरिने छैन ।
(२) शिक्षक सेवाबाट उपदान पाउने गरी अवकाश पाएको कुनै शिक्षकले शिक्षा सेवामा पुन स्थायी नियुक्ति पाई उपनियम (१) बमोजिम नोकरी अवधि गणना गराउने भएमा निजले पहिले लिएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको नोकरी अवधि गणना गरिनेछ ।
(३) उपनियम (१) बमोजिम नोकरी अवधि गणना गराउने शिक्षकले पहिलेको नोकरी अवधिमा अध्ययन बिदा, असाधारण बिदा, औषधि उपचार खर्च र बीमा रकम लिएको भए त्यसको विवरण शिक्षक किताबखानामा पेश गर्नु पर्नेछ ।